मेलम्चीकाे पानी बाह्रै महिना काठमाण्डाैमा प्रयाेग गर्न सकिने गरि काम हुनुपर्छ : प्रदीप पाैडेल

 मंसिर २०, २०७९ मंगलबार १४:२७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता एवम् काठमाण्डाै क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलले काठमाण्डाै महानगरपालिकाबाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउन माग गर्नुभएको छ । 

आज मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानीबारे ध्यानाकर्षण पत्र बुझाउँदै उहाँले काठमाण्डाै महानगरपालिकाबाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्‍याउने गरि व्यवस्थापन गर्न आग्रह गर्नुभएको हो । उहाँले मेलम्ची खानेपानी आयोजनामा अहिलेसम्म ६५ अर्ब रुपैयाँभन्दा बढी राज्यको लगानी भइसकेको उल्लेख गर्दै काठमाण्डाैवासीलाई खानेपानी उपलब्ध गराउने प्रमुख स्राेतकाे व्यवस्थापनमा राज्यले विशेष जोड दिन आवश्यक भएको बताउनुभयो । 

नेता पौडेलले मेलम्चीको पानी व्यवस्थापनका लागि छुट्टै व्यवस्थापन निकाय आवश्यक रहेको बताउनुभयो । उहाँले मलेम्चीको पानी काठमाण्डाै आइसक्यो भनेर मात्रै छोड्न नहुने भन्दै मेलम्ची विकास समितिलाई कायम गरेर वर्षाको समयमा मेलम्चीको पानी ल्याउने व्यवस्था गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो ।

नेता पौडेलले १२ महिना नै मेलम्चीको पानी काठमाण्डाैमा प्रयोग गर्न सकिने गरेर काम हुनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०७९

तपाईको प्रतिक्रिया