राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने
माघ १९, २०७९ बिहिबार
काठमाण्डाै – काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले २६ वटा सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बनका लागि आज बुधवार यातायात व्यवस्था विभाग मीनभवन पठाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकोले त्यही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको हो ।
निलम्बनका लागि पठाइएका मध्ये एक जना चालकले ३८ पटकसम्म सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सह-प्रवक्ता अवदेश बिष्ट क्षेत्रीले जानकारी दिनुभएको छ ।