दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

 मंसिर २५, २०७९ आइतबार ११:४:३५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर– २ वीपी मार्गको बालिमखोला पुलबाट मोटरसाइकलसँगै खसेका घोराही–३ बर्गदवाका यादव चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

३२ वर्षका चौधरी गएराति मोटरसाइकलसहित पुलबाट खसेका भए पनि तर आज बिहान मात्रै स्थानीयले देखेर  घटनाबारे खबर गरेका प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: पुस २३, २०७९

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया