स्पट फिक्सिङमा १० जना संलग्न, नो बल फाल्नेलाई १० लाख रुपैयाँसम्म ‘अफर’

 माघ १०, २०७९ मंगलबार १५:८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाल टी–ट्वेण्टी क्रिकेट लिगमा भएको स्पट फिक्सिमा १० जनाको संलग्नता रहेको पाइएको छ ।

खेलाडी, व्यवस्थापक र विचौलिया गरेर १० जनाको संलग्नता देखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पत्रकार सम्मेलन गरेर जनाएको छ ।

खेलाडीहरु आदिल आलम र मेहबुब आलमलाई हिजो सीआईबीले पक्राउ गरिसकेको छ । आदिलले प्रलोभनमै परेर नो बल र वाइड बल फालेको भेटिएको प्रहरीको दाबी छ ।

स्पट फिक्सिङमा चार वटा फ्रेन्चाइज टिमका व्यवस्थापनकै संलग्नता देखिएको छ । काठमाण्डाै नाइट्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता देखिएको सीआईबीले जनाएको छ । 

अहिलेसम्मको अध्ययन अनुसार ४ वटा खेलमा स्पट फिक्सिङ भएको देखिएको छ । वाइड, चौका, छक्का, नो, बल, नो रन लगायतमा खेलाडीलाई ६ लाखदेखि १० लाख रुपैयाँसम्म अफर गरेको पाइएको पनि सीआईबीले जनाएको छ । 

अन्तिम अपडेट: माघ १४, २०७९

तपाईको प्रतिक्रिया