बिजुलीकाे माग अहिलेसम्मकै धेरै २ हजार मेगावाट पुग्यो, भारतब...
जेठ २४, २०८० बुधबार
काठमाण्डाै – भोलि बिहीवार काठमाण्डौ उपत्यकाको मौसम सामान्य बदली भए पनि पानी पर्ने सम्भावना भने निकै कम रहेको मौसमविद्ले बताएका छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भोलि नेपाल र यूएईबीच क्रिकेट खेल हुन गइरहेकोले मौसमबारे धेरैको चासो भइरहेका बेला त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् विनाेद पोखरेलले पानी पर्ने सम्भावना निकै कम रहेको बताउनुभएको छ । भोलि दिउँसो १ देखि ३ बजेको बीचमा बदली हुने भए पनि पानी पर्ने सम्भावना निकै कम रहेको उहाँको भनाइ छ ।
भोलि यूएईसँग हुन गइरहेको खेल नेपालका लागि महत्त्वपूर्ण रहेको छ । भोलिको खेल जितेमा नेपालले विश्व कप छनाेट खेल्न पाउँछ । पानी परेर अङ्क बाँड्दा नेपालको विश्व कप छनाेट खेल्ने लक्ष्य पूरा नहुने भएकोले मैदानमा पानी पर्ने/नपर्नेबारेमा क्रिकेट समर्थकहरूको चासो छ । अहिलेसम्मको अवस्था हेर्दा भोलि कीर्तिपुरमा पानी पर्ने सम्भावना निकै कम रहेको हो । तर प्रि–मनसुनको समय भएकोले जुनसुकै बेला फाट्टफुट्ट पानी पर्न सक्ने मौसमविद्हरू बताउँछन् ।