प्रतिनिधि सभा सदस्यको सङ्ख्या १ सय ६५ बनाउने गरी संविधान संशो...
जेठ २४, २०८० बुधबार
भारतको गुजरात प्रदेशको सूरतको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई आपराधिक मानहानीसँग जोडिएको एक मुद्दामा दोषी ठहर गर्दै दुई वर्षकाे जेल सजायकाे फैसला गरेको छ ।
सन् २०१९ को यो विषय ‘मोदी सरनेम’ लाई लिएर कांग्रेस नेता गान्धीको एक टिप्पणीसँग जोडिएको थियो । राहुल गान्धीले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै चोरको थर मोदी हुन्छ ?’ भन्ने अभिव्यक्ति दिनुभएकाे थियाे । यही अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टी (बीजेपी) विधायक एवम् गुजरातका पूर्वमन्त्री पुर्णेश मोदीले गान्धीविरुद्ध उजुरी दिनुभएकाे थियाे ।
अदालतले कांग्रेस नेता गान्धीलाई आफ्नाे फैसलाकाे विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय दिँदै तत्कालका लागि धरौटीमा छोडेको छ । गान्धी मुद्दाको सुनुवाइको बेला बिहीवार सूरत जिल्ला अदालतमा उपस्थित हुनुहुन्थ्याे
Press Trust of India (@PTI_News) March 23, 2023