पहिचानवादीसँग वार्ता गर्न टोली गठन
जेठ २४, २०८० बुधबार
काठमाण्डाै – मनाङ मर्स्याङ्दी क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
धनगढी रङ्गशालामा आज बुधवार भएको खेलमा मनाङले क्यामरुनको क्लब एभिनरलाई ६–० गोलले हरायो । मनाङका लागि सेदजामाेल दाभ्लातजाेनाेभले ह्याट्रिक गर्दा जीवन गुरुङ, प्रशन्न श्रेष्ठ र अनिल गुरुङले १/१ गाेल गरे ।
आजकाे खेलमा खेलाडीकाे कागजी प्रक्रिया नपुगेपछि एभिनरले ९ जना खेलाडीसहित खेलेकाे थियाे । पछि फेरि २ जना खेलाडी राताे कार्ड पाउँदै बाहिरिएपछि एभिनर ७ जना खेलाडीमा समेटिएकाे थियाे ।
मनाङ तेस्रो पटक खप्तड गोल्ड कपको फाइनलमा पुगेको हो । मनाङले अब फाइनलमा सुदूरपश्चिम–११ र थ्री स्टारबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।