भारतीय प्रधानमन्त्री माेदीलाई राजकीय भ्रमणसहित संसद् बैठकमा सम्...
जेठ २४, २०८० बुधबार
काठमाण्डाै - मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजदेखि पूर्णरुपमा सञ्चालनमा आउँदैछ ।
नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न एमडीएमएस पूर्ण रुपमा लागू गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइ भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ ।
एमडीएमएस भनेको नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न लागू भएको प्रणाली हो । यसबाट अवैध रुपमा भित्रिने मोबाइल प्रतिबन्ध गर्न सकिनेछ ।
व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वंयले राहदानी र नागरिकता वा बोर्डिङ पास कागजात प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि प्राधिकरणको वेबसाइट (https://mdms.nta.gov.np/public) मा जानुपर्नेछ ।
नेपालभित्र मोबाइल खरिद गर्दा ती मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए/नभएको यकिन गरी मात्र खरिद गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।
वैदेशिक रोजगारीमा ६ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् । भन्सार विभागका अनुसार अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशिएका नेपालीले भने एक थान मात्रै फोन ल्याउन पाउनेछन् ।
Ganesh bahadur Bhandari
May 15, 2023, 11:40 p.m.हिजोको माध्यमिक तहको अध्यापन अनुमतिपत्र को बिज्ञापन हेर्दा उमेरहद नतोकिएको पाइयो, जबकी शिक्षकको स्थायी पदको उम्मेदवार बन्न ४० बर्ष नकटेको हुनुपर्छ । ४० बर्ष पछि प्राप्त गरेको अध्यापन अनुमतिपत्र ले के अर्थ राख्दछ सरकार ? मेरो बिचार मा अयोग्यता को आधार उमेर हदबन्दी बनाइनु हुदैन ।शारीरिक रुपले फिटनेश हुनुपर्ने सुरक्षा निकायमा बाहेक अन्य क्षेत्र को लागिअयोग्यता को आधार उमेर हदबन्दी खारेज गरिनुपर्ने कुरामा सरोकारवाला पक्ष सबै को ध्यान जाओस् ।