प्रतिनिधि सभा सदस्यको सङ्ख्या १ सय ६५ बनाउने गरी संविधान संशो...
जेठ २४, २०८० बुधबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशमा गाडीभाडा घटेको छ । डिजलको भाउ घटेको ९ दिनपछि बाग्मती प्रदेश सरकारले हिजोदेखि लागू हुने गरी गाडी भाडा घटाएको हो । काठमाण्डौ उपत्यकाभित्रको न्यूनतम भाडा एक रुपैयाँ घटेको छ ।
पहिले पाँच किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ रहेकोमा अब १९ रुपैयाँ कायम भएको छ । यस्तै, १० किलोमिटरसम्मको गाडीभाडा २७ रुपैयाँबाट २५ रुपैयाँ, १५ किलोमिटरसम्मकोमा ३२ रुपैयाँबाट ३० रुपैयाँ, २० किलोमिटरसम्मकोमा ३५ रुपैयाँबाट ३३ रुपैयाँ तथा २० किलोमिटरभन्दा माथिकोमा ४० रुपैयाँबाट ३८ रुपैयाँ कायम भएको छ ।
बाग्मती प्रदेशभित्रको नयाँ भाडादर हेर्नुहोस् ।
Manoj Shrestha
May 26, 2023, 10:47 a.m.बढाउने बेला १० अनि घटाउने बेला १/२ रुपैया ताली......😂