प्रतिनिधि सभा सदस्यको सङ्ख्या १ सय ६५ बनाउने गरी संविधान संशो...
जेठ २४, २०८० बुधबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्स खेल्दैछन् ।
खेल अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । मुम्बई पाँच पटकको च्याम्पियन हो भने गुजरात साविक विजेता टोली हो । यसअघि पहिलो क्वालिफायरमा गुजरातलाई हराएको चेन्नई सुपर किङ्ग्स फाइनलमा पुगिसकेको छ ।
फाइनल खेल पर्सि आइतवार हुनेछ ।