कम्बाेडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

 जेठ २४, २०८० बुधबार १५:३८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ घर भई काठमाण्डाैमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर तामाङ र झापाको दमक नगरपालिका–१० घर भई काठमाण्डाै बस्दै आएकी ४५ वर्षीया मुनादेवी कार्की रहेका छन् । 

तामाङले खुमबहादुर रानालाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै पाँच लाख ठगी गरेको आरोपमा आज बुधवार नयाँ बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यसैगरी कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै चार लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले बबरमहलबाट पक्राउ गरेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ  ।

अन्तिम अपडेट: साउन २९, २०८०

1 Comments

  • गोबिन्द अधिकारि

    June 7, 2023, 4:01 p.m.

    मेरो एकजना आफन्त कम्बोडिया मा २ महिना देखि अलपत्र परेको छ संगै गएका ३ मध्धे एक महिला को अत्तो पत्तो नै छैन।

  •  0 Reply

तपाईको प्रतिक्रिया