काठमाण्डौ –कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण हुँदै

 भदौ ४, २०८० सोमबार २०:२२:५३ | रासस
unn.prixa.net

काठमाण्डौ – गएको वर्षदेखि आरम्भ भएको ‘काठमाण्डौ–कलिङ’ साहित्य महोत्सवको दोस्रो संस्करण भदौ १५ देखि १७ गतेसम्म काठमाण्डौमा हुने भएको छ । 

नेपालको यशस्वी प्रज्ञा–प्रतिष्ठान र भारतको कलिङ साहित्य महोत्सव (केएलएफ)को संयुक्त आयोजनामा हुने महोत्सवमा नेपाल, भारत, भूटान, बङ्गलादेश र श्रीलङ्कालगायत देशका साहित्यकार जमघट हुनेछ । 

दक्षिण एसियाको कला, साहित्य, सङ्गीत, सिनेमा, नृत्य, कविता, पत्रकारिता, पर्यटन, राजनीतिलगायत समसामयिक विषयमा प्रस्तुति र चर्चा परिचर्चा हुने त्यस महोत्सवमा विभिन्न देशका तीन सयभन्दा बढी लेखकको सहभागिता रहने जनाइएको छ । 

महोत्सव दक्षिण एसियाली क्षेत्रको सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले शुरु गरिएको महोत्सव निर्देशक रञ्जना निरौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले नेपालको बृहत् साहित्यिक, सांस्कृतिक तथा आध्यात्मिक परम्पराबारे विश्लेषण गर्ने  र विश्वकै सोचको केन्द्रका रूपमा नेपालको यात्रालाई प्रतिविम्बित गर्ने विषयवस्तु समेटेका छौँ ।’

आयोजकका अनुसार महोत्सवमा भारतबाट पद्मश्री हलधर नाग, पद्मश्री सुदर्शन पटनायक, पद्मश्री नीला माधव पाण्डा, पद्मश्री अरुणा मोहन्ती, पद्मश्री अरुणा मोहन्तीजस्ता साहित्यकार सहभागी हुने जनाइएको छ । 

अभिनेत्री मनिषा कोइराला, तथा लेखिका दिव्या दत्त, दीप्ति नवल, सुरक्षा पन्त, गौरी मल्ललगायत अभिनेत्रीहरू महोत्सवमा सहभागी हुनुहुनेछ । 

अन्तिम अपडेट: असोज ५, २०८०

1 Comments

  • दुर्गाप्रसाद घिमिरे

    Aug. 26, 2023, 9:28 a.m.

    यश प्रकारका साहित्य मेला महोत्सवहरुले नेपाली कला साहित्य र सिङ्गो वाङमयको क्षेत्रमा बिशिस्ट योगदान पुग्ने छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया