आन्दोलनरत डाक्टरको माग : कार्यस्थलमा सुरक्षा नभएसम्म काम गर्न सक...
असोज १३, २०८० शनिबार
काठमाण्डाै - वरिष्ठ लोकगायक एवम् सङ्गीतकार नारायण रायमाझीको साङ्गीतिक साँझ आज हुँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ–२०८० हुन लागेको हो । यो कार्यक्रम दिउँसो १ बजे शुरु हुने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले जनाएको छ ।
गएको फागुनमा सम्पन्न भएको प्रतिष्ठानको आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले साङ्गीतिक साँझ कार्यक्रम गर्ने निर्णय गरेको थियो । रायमाझी प्रतिष्ठानका सल्लाहकार हुनुहुन्छ । कार्यक्रममा रायमाझीले आफ्ना गीतहरू प्रत्यक्ष गाउनु हुनेछ ।
साङ्गीतिक साँझमा देशभरका कलाकार तथा कला, गीत, सङ्गीत, संस्कृति क्षेत्रमा रुचि राख्ने तथा लोक, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लागेका दर्शकको उपस्थिति रहने प्रतिष्ठानले जनाएको छ । रायमाझीले विसं २०४२ सालदेखि साङ्गीतिक यात्रा शुरु गर्नु भएको हो ।
पाल्पाको माथागढी गाउँपालिका–४ मा जन्मिएका रायमाझी पछिल्लो समय चलचित्र निर्देशनमा समेत सक्रिय हुनुहुन्छ । उहाँका फुलबुट्टे चोलीमा, राम्दीपूल तरने बित्तिकै, गेटमा बेली जाई, कालो केसमा रातो रिबन, नमुछे आमा दहीमा टीकालगायत गीत लोकप्रिय छन् ।