डेङ्गीका बिरामी बढ्दै, अझै एक महिना उच्च जोखिम
असोज १३, २०८० शनिबार
काठमाण्डाै – काठमाण्डौको भृकुटीमण्डपमा चलिरहेको 'नाडा अटो शो' मा विद्युतीय गाडी, माेटरसाइकल र साइकलमा आकर्षण बढेको छ । आउँदो ३१ गतेसम्म चल्ने प्रदर्शनीमा १८ लाखदेखि एक करोड नाै लाख रुपैयाँसम्म पर्ने विद्युतीय गाडी छन् ।
'नाडा अटो शो' मा एक लाख ७५ हजारदेखि चार लाख रुपैयाँसम्म पर्ने विद्युतीय मोटरसाइकल र स्कुटर पनि प्रदर्शनीमा राखिएको छ । यस्तै ५५ हजार रुपैयाँदेखि १ लाख ४० हजार रुपैयाँसम्मका साइकल पनि राखिएको छ ।
अटो शोमा पेट्रोल, डिजल र विद्युतीय गाडीको प्रदर्शनी छ । तर विद्युतीय गाडीमा धेरैले चासो दिएका नाडाले जनाएको छ । 'अटो शो' मा विभिन्न ४५ वटा ब्रान्डले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन् । जसमध्ये १६ वटा ब्रान्ड चार पाङ्ग्रेका, २२ वटा दुई पाङ्ग्रेका र सात वटा लाइट कमर्सियल भेहिकलका छन् ।
यस्तै 'अटो शो' मा कम्पोनेन्ट, ल्युब, टायर, हेलमेटको स्टल पनि राखिएका छन् । प्रदर्शनीमा ठूला तथा साना गरी एक सय २० वटा स्टल छन् ।
अस्ति मङ्गलवारदेखि शुरु भएकाे 'अटो शो' मा झन्डै ७५ हजार अवलोकनकर्ताले सहभागिता जनाउने र २० अर्ब रुपैयाँको कारोबार हुने आयोजकले अनुमान गरेको छ ।
तस्बिरहरू : महेश ज्ञवाली