चितवनमा गाेहीकाे आक्रमणबाट एक जनाकाे ज्यान गयाे

 भदौ ३१, २०८० आइतबार ६:५२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - चितवनकाे रत्ननगरमा गोहीको आक्रमणबाट एक जनाको ज्यान गएकाे छ । गाेहीकाे आक्रमणबाट चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलका ४४ वर्षीय फगुना महतोकाे ज्यान गएकाे हाे । 

 महतो हिजाे बेलुका डुङ्गाघाट क्षेत्रमा मृत अवस्थामा फेला पर्नुभएकाे चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

माछा मार्न जाँदा गोहीले उहाँलाई आक्रमण गरेको हुनसक्ने अनुमान गरिएकाे छ । 

अन्तिम अपडेट: असोज ५, २०८०

तपाईको प्रतिक्रिया