सकियो नाडा अटो शो, दुई हजार हाराहारीमा गाडी बुकिङ

 असोज १, २०८० सोमबार ७:२५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको भृकुटीमण्डपमा ६ दिनसम्म चलेको १५ औँ संस्करणको नाडा अटो शो सकिएको छ । भदौ २६ गतेदेखि शुरु भएर हिजोसम्म चलेको अटो शोमा झण्डै ७६ हजारले अवलोकन गरेका आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । 

तीन वर्षपछि भएको नाडा अटो शोले सुस्त रहेको अटो बजारलाई चलायमान बनाउन सहयोग पुगेको एसोसियसनका अध्यक्ष ध्रुव थापाले बताउनुभयो । सोचेभन्दा धेरैले अवलोकन गरेको र गाडी बुकिङ पनि उत्साहजनक रुपमा भएको उहाँको भनाइ छ ।

नाडाकाअनुसार विद्युतीय र पेट्रोलियम गरी झण्डै दुई हजार हाराहारी गाडी बुकिङ भएको छ । धेरै अवलोकनकर्ता विद्युतीय गाडीमा आकर्षित भएका पनि नाडाले जनाएको छ ।

अन्तिम अपडेट: असोज ९, २०८०

तपाईको प्रतिक्रिया