नाडा अटो शो मा पाँच सयभन्दा बढी टाटा टियागो ईभीको बुकिङ्ग

 असोज १, २०८० सोमबार ७:४२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही भदौ २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डको प्रदर्शनीस्थलमा भएको १५ औँ संस्करणको नाडा अटो शो २०२३ मा पाँच सयभन्दा बढी टाटा टियागो ईभीको बुकिङ्ग भएको छ ।

टाटाले सार्वजनिक गरेको टाटा टियागो ईभी, टाटा नेक्सन ईभी एक्स जेड प्लस र टाटा पन्च धेरैको रुचिमा परेको छ । शुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँमा नेपाली बजारमा सार्वजनिक गरिएको टियागो ईभी झण्डै पाँच सयभन्दा बढी बुकिङ्ग भएको कम्पनीले जनाएको छ । साथै नाडा अटो शोमा नै लन्च गरिएको टाटा नेक्सन ईभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ्ग पनि उल्लेखनीय रहेको छ ।  

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिका अनुसार यसपटकको नाडा अटो शोमा धेरैले टाटाको ईभीमा रुचि देखाएका छन् । उहाँ भन्नुहुन्छ, ‘नाडा अटो शोमा जुन प्रकारको उत्साह सर्वसाधारण अटो पारखीले टाटा मोटर्सका गाडीहरुमा देखाउनुभयो, त्यसले हामीमा थप उर्जा थपी दिनुभएको छ ।’  

अन्तिम अपडेट: असोज ८, २०८०

तपाईको प्रतिक्रिया