यसवर्षको मनसुन बाहिरिन केही ढिलो हुने
असोज १३, २०८० शनिबार
काठमाण्डाै – सिन्धुलीमा आगोले जलेर आज साेमवार एक जना बालकको ज्यान गएको छ ।
मरिण गाउँपालिका–३ वरुणका दूधराज मोक्तानका तीन वर्षका छोरा मनिषको घरकै अगेनाको आगोमा जलेर ज्यान गएको प्रहरीले जनाएको छ । अपाङ्गता भएका बालकलाई झोलुङ्गोमा सुताएर परिवारका सदस्य खेतमा काम गर्न गएका थिए । कोही नभएको समयमा बालक झोलुङ्गोबाट झरेर केही परको अगेनोमा गएकोमा जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।