नारायणीमा डुबेर दाजुभाइको ज्यान गयाे

 असोज १, २०८० सोमबार १८:११:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

नवलपरासी – नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको ज्यान गएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणीमा डुबेर ज्यान गएको हो । 

आज साेमवार दिउँसो नारायणीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन र नौ वर्षीय सङ्गमको डुबेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताउनुभयो । 

नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा डाक्टरले मृत घाेषणा गरेका थिए ।

अन्तिम अपडेट: असोज ५, २०८०

तपाईको प्रतिक्रिया